This page is best viewed with firefox Some movies may work only in firefox .

सात समुन्द्रपारी श्री पशुपतिनाथ र बौद्ध स्तुपा ?


सम्झनुहोस् सात समुन्द्रपारी एक बिरानो मुलुकमा पशुपतिनाथको मन्दिर, बौद्ध स्तुपा ,एक सभाहल नेपाली बालबच्चाहरुको लागि सन्चालन गरिने नेपाली भाषा कक्षा निर्माण हुनु कतिको गौरबको बिसय हुनेछ ! अमेरिका स्थित क्यलोफोर्निया लस एन्जलसको दशकौको यो नेपाली इतिहासमा आज सबै नेपालीहरुको एउटा सपना साकार पार्ने उद्धेश्यले लस एन्जलस्को आसपासमा यि सबै कुराहरु निर्माण हुने भएको छ। यो मन्दिर स्तुपा मात्र हिन्दू बौद्धमार्गिहरुको नभएर सबै जातजाति धर्मावलम्बिहरुको लागि हुनेछ यस् पवित्र स्थलले सबैको लागि सदा सर्बदा स्वागत गरिरहने छ।

श्री पशुपतिनाथ फाउन्डेशनको यू यस को अगुवाइमा आज यहाका मानिसहरु हातमा हात साथमा साथ दिएर यस् महान कार्यलाई सफलतापुर्बक निर्माण सम्पन्न गर्नको लागि भरमग्दुर लागि परीरहेका छन। आगामी - बर्षको अबधिमा निर्माण सम्पन्न गर्ने उद्देस्यले आरम्भ भएको यो कार्य अहिले बिभिन्न कार्यक्रम, सभा तथा बिचार आदन प्रदान अनुदान सहयोग जुटाउने कार्यमा ब्यस्त भइरहेको छ। बिभिन्न ठाउहरुमा प्रत्येक महिनाको अन्तिमा आईतवार भजन किर्तन तथा अन्य नेपाली चाडपर्बहरुको अबसर पारेर नेपाली कार्यक्रम गरी आम नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सामु यो बिषयमा जानकारी गराइ यसको सन्जाल बढाउने सहयोग जुटाउने कार्य भइरहेको छ।


हामी यस सानो सन्देश मार्फत संसारभर छरिएर बस्नुभएको आम नेपालीहरु समक्ष यस कुराको बारेमा बिदित गराउन चाहन्छौ। यस महान कार्यमा सम्पूर्ण क्षेत्रबाट यस पशुपतिनाथ फाउन्डेसन यू यस सदा सर्बदा सहयोगको अपेक्षा राख्दछ। यहाँहरुको सहयोग, सल्लाह सुझाव हाम्रो लागि मार्गदर्शक बन्नेछ। नयाँ बर्ष २०१० सगै यो महान मार्गमा सके आर्थिक रुपमा नसके तपाईंहरुको अंुल्य सल्लाह सुझावले सहयोग गर्नुहुन हामी अपिल गर्दछौ।

अर्जुन न्यौपाने

लस एन्जलस क्यलोफोर्निया

यू यस





3 comments:

Anonymous said...

ohoooooo dherai ramro kuro

N .JOJI said...

Oh very nice to know.

Anonymous said...

bides ma raher pani dharai ramro chaso dekhaunu bhayo nepal rdharma sambandi dharai dharai dhanyabad

Post a Comment

close to play