This page is best viewed with firefox Some movies may work only in firefox .

लन्डन-काठमांडू-ऑस्ट्रेलिया सुनौलो यात्रा गर्ने हैन त बसमा ?


'बेलायत र अस्ट्रेलियासहित अन्य युरोपेली देश र अमेरिकाका धेरै पर्यटकबाट नेपाल घुम्ने चाहना आएपछि काठमाडौं सेवा सुरु गर्न लागेको' ओज-बसका निर्देशक एलेस्टेयर क्रिस्टलले इमेलमार्फत् जानकारी दिए।'


रघुनाथ पोखरेल, London, पुस २८-

सुन्दा खुशी र आश्चार्य एकैपटक लाग्ने, अनि नलागोस पनि किन ? एक अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल कम्पनीले बेलायतको लन्
डन र अस्ट्रेलियाको सिड्नीबाट काठमाडौंसम्म दोहोरो पर्यटक बस सेवा सञ्चालन गर्ने भएको छ। विभिन्न
देशमा साहसिक बस यात्रा सञ्चालन गर्दै आएको लन्डनस्थित ओज-बस युके लिमिटेडले फागुन २ देखि लन्डनबाट यो सेवा सुरु गर्न लागेको हो।कम्पनीले काठमाडौं-सिड्नी बस सेवा चैत २१ र काठमाडौं-लन्डन जेठ १३ बाट सुरु गर्ने जनाएको छ।

ओज-बसले सन् २
००८ देखि लन्डनबाट सिड्नी र अमेरिका बस चलाउँदै आएको थियो | त्योभन्दा छोटो दूरीको माग भएपछि काठमाडौं यात्रा सञ्चालन गर्न लागेको कम्पनीको नेपालस्थित साझेदार याला एड्भेन्चरका प्रबन्ध निर्देशक यदु लामिछानेले जानकारी दिए।'ओज-बसको स्थानीय साझेदार भएर काम गरेको डेढ वर्ष भए पनि काठमाडौंलाई नै प्रस्थान र गन्तव्य विन्दु बनाउन लागेको पहिलोपटक हो,' ठमेलस्थित ट्राभल कम्पनीका लामिछानेले भने। उनका अनुसार फागुन २ गते लन्डनबाट छुट्ने बस ४६ दिनमा काठमाडौं आइपुग्छ। लन्डन-सिड्नी यात्रा भने ९२ दिनको छ।

कम्पनीका अनुसार लन्डनबाट यहाँ आइपुग्न १३ देश नाघ्नुपर्छ। फ्रान्स, बेल्जियम, जर्मनी, चेक गणतन्त्र, अस्ट्रिया र हंगेरीमा ११ दिन लाग्छ। त्यसपछि टर्कीमा ७, इरानमा ६, पाकिस्तानमा ७, भारतमा ८ दिन बिताएर ४० देखि ४६ औं दिनमा नेपाल यात्रा सकिन्छ। काठमाडौं-लन्डन यात्रामा पनि भारत, पाकिस्तान, इरान, टर्की र विभिन्न युरोपेली देश पार गर्नुपर्छ। यसमा पनि ४६ दिन नै लाग्छ।

बस चढेर लन्डन-काठमाडौं साहसिक यात्रा गर्न चाहनेले एकतर्फी भाडा प्रतिव्यक्ति १ हजार ९ सय ९९ पाउन्ड (२ लाख ३४ हजार ५ सय ६२ रुपैयाँ) खर्च गर्नुपर्छ। सिड्नी-काठमाडौंको भाडा दर पनि यति नै छ। यसमा बिहानको नास्ता र प्रत्येक देशमा 'सरप्राइज डिनर' पनि पर्ने उनले बताए।उनका अनुसार यात्रुले भिसाको व्यवस्था आफैं गर्नुपर्छ। यसमा नेपालीले भने अहिलेसम्म चासो देखाएका छैनन्। एउटा बसमा कम्पनीका दुई कर्मचारी र कम्तीमा २० जना पर्यटक राख्ने लक्ष्य छ। 'यात्रासम्बन्धी जानकारी हामी केही दिनमै वेबसाइटमा राख्दैछौं र प्रचार सुरु गर्दैछौं,' उनले भने।

'बेलायत र अस्ट्रेलियासहित अन्य युरोपेली देश र अमेरिकाका धेरै पर्यटकबाट नेपाल घुम्ने चाहना आएपछि काठमाडौं सेवा सुरु गर्न लागेको' ओज-बसका निर्देशक एलेस्टेयर क्रिस्टलले इमेलमार्फत् जानकारी दिए।'काठमाडौं विश्वप्रसिद्ध हिमालको प्रवेशमार्ग हो,' उनले नागरिकस"ग सोमबार भने, 'विश्वभरका पर्यटकमाझ यो गन्तव्य धेरै नै महत्वपूर्ण छ। धेरैले नेपाललाई एकपल्ट पुग्नैपर्ने गन्तव्यका रूपमा लिएका छन्।'

नेपाल आफैंमा साहसिक पर्यटन थलो भएकाले साहसिक यात्रा गर्दै त्यहाँ पुग्न चाहने समूहलाई यो प्याकेजमा मुख्य लक्ष्य गरिने उनले लेखेका छन्।'साहसिक गतिविधि रुचाउने विद्यार्थी र हवाई उडानको सट्टा सुरक्षित यात्रा चाहने अर्धवैंशे पर्यटक हाम्रा लक्षित समूह हुन्,' क्रिस्टलले भने, 'बेलायती विदेश कार्यालय र बाटोमा पर्ने सबै देशका स्थानीय यातायात सञ्चालकसँग नजिक रहेर काम गरिने भएकाले यात्रा सुरक्षित हुनेछ।'

पहिले ओज-बसले लन्डनकै बस लिएर यो यात्रा सञ्चालन गर्ने गरेको थियो। यसले नेपालजस्तो राम्रो सडक सुविधा नभएको देशमा गुडाउन अप्ठ्यारो परेपछि स्थानीय रुटमा चलेका गाडी नै प्रयोग गर्न लागिएको उनले बताए। पहिले एउटै बसमा ४० जनासम्म यात्रु राख्ने गरिन्थ्यो। यसपालि भने त्यसमा सुधार गरिएको छ।
हालसम्म बेलायतसहित युरोपेली देश, अस्ट्रेलिया र अमेरिकाका पर्यंटकले मात्र यो बस सेवा प्रयोग गरेका छन्। भारतीय पनि एकजनै चढेका छैनन्।

5 comments:

abhishek dhungel said...

ओहऊ कति रमाइलो ! अब ता उडेर मात्र हैन गुडेर पनि ऑस्ट्रेलिया र लन्दन जान पाइने भयो | tara sulka chai ali badi nai mahango huna pugdo raichha madhyam barga ka nepali janata lai....j hos yesle pani nepal ko paryatan bikas ma thulo tewa puryauchha bhanne biswas maile rakheko chhu
Abhisek Dhungel
NY, USA

Anonymous said...

ktm-Landon-Australia bus sauva autha ramro kam

Anonymous said...

ohhh hooo kati bathooo tyo bus batah jhada katai teroist or kidnap garney tah hoina hami nepali harulai ...malai tah tyestai doubt lagira cha hai shathi ho ...yatra nagarey kei bhes hola....darlakney

Anonymous said...

haha kati dherai daraunu bhayeko ni sathi

pradeep said...

ओहऊ कति रमाइलो ! अब ता उडेर मात्र हैन गुडेर पनि ऑस्ट्रेलिया र लन्दन जान पाइने भयो | tara sulka chai ali badi nai mahango huna pugdo raichha madhyam barga ka nepali janata lai....j hos yesle pani nepal ko paryatan bikas ma thulo tewa puryauchha bhanne biswas maile rakheko chhu
Abhisek Dhungel

Post a Comment

close to play