This page is best viewed with firefox Some movies may work only in firefox .

नायिका रेखा थापा संग Hot कुराकानी



अहिलेका नेपाली चलचित्रले युवापुस्ताको प्रतिनिधित्व गर्छन् ?

समग्रमा चलचित्रले युवाको प्रतिनिधित्व गरेका छन् । अहिलेका चलचित्रले जुन धारको प्रतिनिधित्व गरेको छ, त्यो युवालाई मन पर्दैन

। युवा युद्ध मन पराउँदैनन्, झगडा हेर्न चाहँदैनन् । उनीहरू चलचित्रमा प्रेम चाहन्छन् । उनीहरूको प्रतिनिधित्व गर्ने चलचित्र पनि बनेका छन् । मैले यस्तै युवाको प्रतिनिधित्व गरेकी छु । १६ वर्षदेखि अहिलेसम्म यही काम गरिरहेकी छु ।

'कन्टेन्ट’ले युवापुस्ताको प्रतिनिधित्व गरेका छैनन् नि ?

प्रयास भएको छ । चलचित्रको कथानक र कलाकारले यो प्रयास गरेका हुन्छन् । फिल्मले दिन सक्छ कि सक्दैन, त्यो त प्रस्तुतिमा भर पर्छ ।



अहिलेका युवाको मनोदशा कस्तो छ ?

युवा पीडित छन् । पढेलेखेका छन्, तर बेरोजगार । आफ्नो र अभिभावकको उमेर-अन्तरले पनि युवा मर्माहत छन् । रोजगारको कमीले बिदेसिन बाध्य छन् । विदेशलाई धनी बनाउँछन्, देश सधैँ गरिब नै रहन्छ ।

अहिलेका युवालाई खुलापनले कति छोएको पाउनुहुन्छ ?

धेरै छोएको छ । तर, राम्रो शैली हुनुपर्छ, खुलापनको । यसको पनि आफ्नो मापदण्ड हुन्छ । तर, युवामा आफ्नो खुट्टामा उभिने संस्कृति छैन । उनीहरू विदेशी विचार बोकेर हिँड्छन्, त्यो नराम्रो हो । खुला हुनु राम्रो कुरा हो । म केटी हुँ । खुलापनको विरोधी र समर्थक दुवै हुँ ।

तपाईंले खुलापनको अभ्यास धेरै गर्नुभयो नि ?

गरियो । तर, खुला भन्दैमा जहाँ पायो, त्यहीँ छाडा बन्नुहुन्न, विचार खुला हुनु राम्रो हो र खुलापनको वैचारिक अभ्यास गरिएको छ ।

बिहेअघि ब्वाइफ्रेन्ड थियो ?

थिएन । १६ वर्षमै बिहे भयो, कहाँको ब्वाइफ्रेन्ड ?

अनि बिहेअघि सेक्सको अनुभव नि ?

थिएन, भगवान् कसम, (कलाको कसम) ।

किस नि ?
बिहेअघि किस पनि कसैसँग गरेकी थिइनँ । ममीबुबाले मायाले बाहेक अरूले किस गरेनन् ।

अहिलेका केटाकेटी त खुला ठाउँमै किस’ भ्याउँछन्, कस्तो लाग्छ ?

समय परिवर्तनको संकेत हो । अहिलेका युवाले पश्चिमा संस्कार पछ्याएका हुन् । खुला ठाउँमा केटाकेटी माया प्रदर्शन गरिरहेका हुन्छन् भने त्यो नराम्रो होइन । तर, दैनिक उनीहरू त्यही ठाउँमा आएर आफ्नो माया अरूसामु प्रदर्शन गर्छन् भने त्यो विकृति हो ।

आगामी पुस्ताबारे तपाईंको ठम्याइ ?

निकै अगाडि पुग्छ । जीवनका सबै पक्ष बुझेका, समाज राम्रोसँग अध्ययन गरेका र जीवनलाई आफूअनुसार अघि बढाउने खालका हुनेछन् ।

बिहेपछि पनि प्रेमप्रस्ताव आउँछन् ?

आउँछन् । त्यो राम्रै लाग्छ । प्रेम गर्न उमेरले छेक्दो रहेनछ । मलाई युवादेखि सबै वर्गकाले प्रेमप्रस्ताव गर्छन् । फिल्ममा खेलेकाले प्रस्ताव गर्दैनन्, बाहिरकाले गर्छन् ।

केटीहरूले केटाबाट बढी के चाहन्छन् ?

माया । साँच्चैको माया । सम्मान पनि खोज्छन् । पढे-लेखेका, अध्ययनशील, अनुशासित केटा चाहन्छन् ।

गठिलो जीउ र अनुहार केटीहरूको प्राथमिकतामा पर्छ कि पर्दैन ?

पर्छ । केटीहरू ह्यान्डसम केटा चाहन्छन् । तर, उनीहरूको रोजाइमा गठिलो जिउ र अनुहारमात्र पर्‍यो भने त्यो त आकर्षण हो, प्रेम होइन ।

अहिले युवामा 'पि्रम्याच्योर सेक्स’ बढेको छ, तपाईंलाई कस्तो लाग्छ ?

समय र परिस्थितिले निर्धारण गर्छ । केटाकेटीमा यौनजिज्ञासा धेरै हुन्छन् । मन मिले सेक्स नोथिङ, जोसँग पनि गर्दा हुन्छ । म यसलाई गलत मान्दिनँ । सेक्सले त माया झन् प्रगाढ बनाउँछ । सेक्स प्रेम अभिव्यक्तिको अन्तिम बिन्दु हो, यसलाई राम्रोसँग उपयोग गर्नुपर्छ ।

एउटा रोमान्टिक कल्पना सुनाउनुस् न ?

राति आकाशको चन्द्रामा हेर्दै म मेरा सपनाबारे कल्पना गर्छु । त्यो सपनाले मलाई आकाशबाट हेरिरहेको हुन्छ । म पनि उसलाई हेर्दै रोमान्टिक बन्छु ।

5 comments:

Anonymous said...

very sexyyyyyyyyyyyyyy

Anonymous said...

one of the worst actress................
sali luv guru re yr..................jun manche 16 barsama bau jasto manche sanga biya garch teslai k thah love ko bare ma she knows how to make fool others............

Anonymous said...

Publisher , why u published some really bad commands? good to critisied but dirty words are really bad.

Anonymous said...

good job mrs. Rekha thapa. i think you did married when u cross the 16yrs, Am i right?you dont share the love before married, Am i right?well rekha you dont know what is the love ? Specially teenagers love boz, you did married that person who have age same like your father. so he cant spoil the love in side ur heart. well rekha dont try to explane about love u know why its will be worthless....

Anonymous said...

common rekha jhut bolera k show garna chahan6u bhana ta ???but yo kura timile birsiyo ki k ho ? timi ta bhim sherstha ko gf ho bhanera ??? tara ahile yasto kura garna mildaina ni haina ra ? any way best of luck ur sexy thinking ...... the ha haha hahaha.......!

Post a Comment

close to play