This page is best viewed with firefox Some movies may work only in firefox .

हाईटी महाभुकंपमाँ नेपाली सैनिक घाइते


क्यारेबियन देश हाइटीमा गएको ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट हजारौंको मृत्यु भएको अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। भूकम्पमा परी राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत एक नेपाली सैनिक घाइते भएका छन् भने राष्ट्रसंघीय मिसनका प्रमुख र उपप्रमुखको अवस्था अज्ञात छ। शक्तिशाली भुकम्पमा त्यहाँ खटिएको शान्ति स्थापनार्थ राष्ट्रसंघीय मिसनका अन्य सैनिक भने सुरक्षित रहेको निर्देशनालयले जनाएको छ ।सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार साँझ विज्ञप्ती जारी गर्दै घाइते सेनानी बस्न्यातको लेभल टू अस्पतालमा उपचार भइरहेको जनाएको छ । त्यहाँ ११ सय नेपाली सेना र डेढ सय प्रहरी कार्यरत छन् ।यस्तै, राजधानी राजधानी पोर्ट ओ प्रिन्सस्थित श्री शेर गण छैठौ डफ्फाको गस्तिमा रहेका फौज र दुईवटा गाडीहरु पहिरोको कारण केन्सकफ इलाकामा अड्किएको भन्दै निर्देशनालयले फौज तथा गाडीहरु भने सुरक्षित रहेको जनाएको छ ।

हाइटीमा कार्यरत नेपाली शान्ति सेना भूकम्प पीडितको उद्धारमा खटिएको सैनिक सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार साँझ जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
बीबीसीले प्रत्यक्षदर्शीहरुलाई उदधृत गर्दै जनाए अनुसार भूकम्पपछि त्यहाँ कोलाहलको वातावरण छ। आकाशमा धुलैधुलो उडेको देखिएको छ। चित्कारका बीच मानिसहरु भत्केको भवनहरुमा थिचिएकाहरुलाई निकाल्ने कोशिश गरिरहेका छन्।

हाइटी उत्तर अमेरिकी महादेशको क्यारेबियन क्षेत्रको एउटा सानो देश हो। विश्वका गरिब देशहरुको सूचिमा रहेको यो देश भर्खरै गृहयुद्धबाट गुज्रेको हो।

इन्टर अमेरिकन डेभलपमेन्ट बैँकले हाइटीलाई दुई लाख डलर सहयोग गर्ने घोषणा गरेको छ।भूकम्पको केन्द्र राजधानीबाट १५ किलोमिटर दक्षिणपश्चिममा रहेकोले राजधानीमा अत्याधिक क्षति पुगेको छ। स्थानीय समय अनुसार साँझ चार बजेर ५३ मिनेट जाँदा ७ दशमलव ३ रेक्टर स्केलको पहिलो भूकम्पको धक्का महसूस गरिएको थियो। त्यसपछि ५ दशमलव ९ र ५ दशमलव ५ रेक्टर स्केलका थप दुई धक्का महसूस गरिएका थिए।

1 comment:

Anonymous said...

kasto dukha lagdo ghatana....yesto kahile kahi nahos....

Post a Comment

close to play